आयाक्सका किपर ओनानालाई एकवर्ष प्रतिबन्ध

Read Time:1 Minute

डच क्लब आयाक्सका किपर अन्ड्रे ओनानामाथि एक वर्षको प्रतिबन्ध लागेको छ । डोपिङ परीक्षणमा असफल भएपछि २४ वर्षीय क्यामरुनाका किपर ओनानामाथि युईएफएले फुटबलसम्बन्धी सबै गतिविधिमा एक वर्षको प्रतिबन्ध लगाएको हो ।

ओनानाको डोपिङ परीक्षण गत अक्टोबरमा भएको थियो । गत अक्टोबरमै ओनानाले अस्वस्थ्य भएपछि श्रीमतीले प्रयोग गर्न औषधी प्रयोग गर्दा उनी डोपिङमा परेको डच क्लब आयाक्सले जनाएको छ । उनको मनासाय गलत नभएकाले उनको सजाय कम गर्न प्रयास गर्ने आयाक्सले जनाएको छ। प्रतिबन्धसँगै उनले आयक्सका सम्पूर्ण खेलका साथै अफ्रिका कप अफ नेसन्स पनि गुमाउने छन् ।

बार्सिलोनाको एकेडेमी लामासियाका उत्पादन ओनाना सन् २०१५मा डच क्लब आयाक्समा अब भएका थिए । त्यसयता उनले आयाक्सका लागि २०१ खेल खेलिरहेका छन् । उनले क्यामरुनबाट १८ खेल खेलका छन् ।

ओनानालाई भित्र्याउन युरोपका ठूला क्लबहरु बार्सिलोना, टोटनह्यामलगायतले चासो देखाएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

22 thoughts on “आयाक्सका किपर ओनानालाई एकवर्ष प्रतिबन्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एक सयौं टेस्ट खेल्दै रुट
Next post सन्दीपसँगै, शरद, कुशल, सोमपालसहित ८ नेपाली खेलाडी आईपिएल अक्सनमा
Close