वर्ल्ड यू–२० एथ्लेटिक्समा नेपाली खेलाडी अजितको सामान्य प्रदर्शन

Read Time:1 मिनेट

वर्ल्ड यू–२० एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले सामान्य प्रदर्शन गरेका छन् । केन्याको नैरोबीमा भइरहेको च्याम्पियनसप अन्तर्गत मेन्स ३ हजार मिटर फाइनलमा १८ वर्षीय अजितले १४औं स्थान हात पारे ।

उनले निर्धारित दूरी ९ मिनेट १५.२७ सेकेण्डमा पूरा गरेका थिए। अजितको यो सिजनल बेस्ट टाइमिङ हो । तर उनको व्यक्तिगत टाइमिङ भने ८ मिनेट ३०.३० सेकेण्ड छ ।

व्यक्तिगत टाइमिङ सुधार गर्न नसके पनि दौड पूरा गरेकोमा भने प्रशिक्षक धनिराम चौधरी भने सन्तुष्ट छन् । अजित बिरामीबाट पूर्ण रुपमा रिकभर नभइसकेकोले दौड पूरा गर्नु नै महत्वपूर्ण भएको धनिरामले नैरोबीबाट बताए ।

अजितले सन् २०१८ मा हङकङमा भएको एसियन जुनियर च्याम्पियनसिपमा ३ हजार मिटरमा स्वर्ण जितेका थिए । त्यसैका आधारमा उनी सिधै वर्ल्ड यू–२० च्याम्पियनसिपमा छनोट भएका हुन् ।

यस इभेन्टमा इथिओपियाका टाडेसे वर्कुले ७ मिनेट ४२.०९ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जिते । इथिओपियाकै अली अब्दिलमायाले रजत र एरिट्रेटाका अब्टोन सामुएलले कांस्य जिते ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० विश्वकपका लागि फिन्चको अष्ट्रेलियन टिम घोषणा
Next post सन्दीपले सिपिएल गुमाउने
Close