°
, June 4, 2023 in

चेल्सी क्लब विश्वकपको फाइनलमा, पाल्मिरससँग खेल्ने

SHARE:

च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सी क्लब विश्वपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा साउदी अरेबियाको क्लब अल हिलाललाई १(०ले हराउँदै चेल्सी फाइनलमा पुगेको हो।

अबुधाबीस्थित मोहम्मद बिन जायद रंगशालामा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरे। उनले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरे थिए।

खेलमा चेल्सीले ५४ प्रतिशत बल पोजेसन बनाउँदै १५ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो । यत, अल हिलालले १२ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।

अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरससँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरेस इजिप्टको क्लब अल आहीलाई २(०ले हराउँदै फाइनल पुगेको हो।

SHARE: