कीर्तिमानी मूल्यमा साउदी क्लब अल नासरमा आबद्ध भएका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो लागतार दोस्रो खेलमा गोल गर्न असफल भएका छन्। गत साता इत्तिफाकविरुद्ध खेल्दै अल नासरमा डेब्यू गरेका थिए।
बिहीबार राति रोनाल्डोले अल नासरका लागि दोस्रो खेल खेले। दोस्रो खेल पनि उनी गोल गर्न असफल भएपनि उनको टिम अल इत्तिहादसँग ३–१ले पराजित भयो।
यो पराजयसँगै अल नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ। खेललमा इत्तिहादका लागि रोमारिन्हो, अब्देराज्जक हाम्दल्लाह र मुहनाद अल साक्वितीले गोल गरेका थिए। अल नासरका टलिस्काले गोल गरेका थिए।
खेलमा १५औं मिनेटमा रोमारिन्होको गोलमा इत्तिहादले अग्रता लियो। हाम्दल्लाहले ४३औं मिनेटमा टिमको अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा टलिस्काले गोल गर्दै अल नासरलाई खेलमा फर्काउने प्रयास गरे। तर, इन्जुरी समयको तेस्रो मिनेटमा साक्वितीले गोल गरेपछि इत्तिहाद साउदी सुपर कपको फाइनलमा पुग्यो।
अब इत्तिहादले उपाधिका लागि अल फेहासँग खेल्ने छ। अल फेहा अल हिलाललाई १–०ले हराउँदै फाइनल पुगेको हो।