साउदी पुगे रोनाल्डो, स्वागतमा आज भव्य कार्यक्रम गरिने

Read Time:1 Minute

पोर्चुगिज सुपर स्टार रोनाल्डो साउदी अरेबिया पुगेका छन्। अल नासरमा आबद्ध भएका रोनाल्डो मेडिकल र सर्वाजनिक कार्यक्रममा सहभागी हुन् सोमबार राति प्राइभेट विमानमा परिवारसहित रियाद पुगेका हुन्।

म्यान्चेस्टर युनायटेडसँग सम्झौता रद्द गरेका ३७ वर्षीय रोनाल्डो कीर्तिमानी १७५ मिलियन पाउण्डमा साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध भएका हुन्।

अल नासरले आज एक भव्य कार्यक्रमबीच रोनाल्डोलाई सर्वाजनिक गर्दै छ। उसले घरेलु मैदान मर्सुल पार्कमा नेपाली समय अनुसार राति ९ः४५ बजे भव्य कार्यक्रम गर्दै रोनल्डोलाई सार्वजनिक गर्ने क्लबले जनाएको छ।

विश्वकै सर्वोत्कृष्ट खेलाडी रोनाल्डोलाई हेर्न हजारौं मानिस मर्सुल पार्कमा उस्थित हुनेछन्। अल नासरले रोनाल्डोको सार्वजनिक सन् २००९मा रियल मड्रिडले गरेजस्तै भव्य बनाउने बताएको छ।

Happy
Happy
34 %
Sad
Sad
0 %
Excited
Excited
61 %
Sleepy
Sleepy
0 %
Angry
Angry
1 %
Surprise
Surprise
4 %
Previous post ब्रेन्टफोर्टसँग हार्‍यो लिभरपुल
Next post आयोजक वेपत्ता भएपछि विराटनगर र काठमाडौंबीचको खेल अन्याेलमा
Close