°
, June 7, 2023 in

बेलायती बक्सर आमिर खानलाई २ वर्षको प्रतिबन्ध

SHARE:

बेलायती बक्सर आमिर खान प्रतिबन्धमा परेका छन्। डोपिङ परीक्षणमा असफल भएपछि आमिरलाई २ वर्षको प्रतिबन्ध लगाइएको हो।

सन् २०२२ को फेब्रुअरीमा केल ब्रुकसँगको भिडन्तपछि गरिएको एन्टी डोपिङ परीक्षणमा आमिर असफल भएपछि प्रतिबन्ध लगाइएको हो। यद्यपि उनले यसअघि नै खेलबाट सन्न्यास लिइसकेका छन्।

पूर्व लाइट–वेल्टरवेट विश्व च्याम्पियन खानको परीक्षणपछि ओस्टारिनको लागि सकारात्मक नतिजा देखिएको थियो।

खानले एन्टी डोपिङ नियम तोडेको स्वीकार गरेका छन्। तर उनले जानाजानी गल्ती नभएको बताए।

एक छानविन स्वतन्त्र निकायले उनको तर्कलाई स्वीकार गरेको छ। ३६ वर्षीय खानले ‘जानीजानी वा लापरवाह आचरण’ नदेखाएको भनिएको छ।

बक्सिङमा पुनरागमनको कुनै योजना नभएको बताउँदै खानले सन्न्यास लिइसकेपछिको यो प्रतिबन्ध अनौठो र हास्यास्पद भएको प्रतिक्रिया दिएका छन्।

SHARE: