ब्राजिलियन नम्बर एक गोलकिपर एलिसन बेकरले इंग्लिस क्लब लिभरपुलसँग लामो समयका लागि सम्झौता नवीकरण गरेका छन् । एलिसनले लिभरपुलसँग ६ वर्षका लागि सम्झौता नवीकरण गरेका हुन्।
२८ वर्षीय गोलकिपर एलिसन अब सन् २०२७ जुनसम्म एडफिल्डमै रहने छन्। यसैसाता लिभरपुलसँग सम्झौता नवीकरण गर्ने उनी तेस्रो खेलाडी हुन्।
यसअघि डिफेन्डर ट्रेन्ट अलेजेक्डर आर्नोल्ड र ब्राजिलिय डिफेन्सिभ मिडफिल्डर फबिन्होले पनि सम्झौता नवीकरण गरेका थिए। आर्नोल्डले ४ वर्षका लागि सम्झौता नवीकरण गरेका छन् भने फिबिन्होले ५ वर्षका लागि सम्झौता नवीरकण गरेका छन्।
सन् २०१८मा इटालियन क्लब रोमाका लिभरपुल आएका एलिसनले लन्डन क्लबका लागि १३० खेल खेलिसकेका छन्। उनले लिभरपुलबाट च्याम्पियन्स लिग, प्रिमियर लिग र फिफा क्लब विश्वकप उपाधि जितेका छन्।