सिरि एमा युभेन्टसको खराब प्रदर्शन, भेरोनासँग पराजित

इटालियन सिरि एमा युभेन्टसले निरन्तर खराब प्रशर्दन गरिरहेको छ। शनिबार राति भएको खेलमा युभेन्ट्स भेरोनासँग २–१ले पराजित भयो । यो उसको लगातार दोस्रो हार हो।

युभेन्टसविरुद्ध भेरोनालाई जित दिलाउन जियोभानी सिमियनले दुई गोल गरे भने युभेन्टसका वेस्टन म्याकेनी गोल गरे।

११औं मिनेटमा जियोभानीले गोल गर्दै भेरोनालाई अग्रता दिलाए । १४औं मिनेटमा जियोभानीले व्यक्तिगत दोस्रो गोल गरेपछि सुरुआतमै भेरोनाले युभेन्टसविरुद्ध २–०को अग्रता लियो । ८०औं मिनेटमा म्याकेनीले गोल गरेपनि टिमको हार टार्न सकेन।

खेलमा ५५ प्रतिशत बल पोजेसन बनाएको युभेन्टसले १५ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो । यता भेरोनाले १२ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो।

शनिबार राति नै भएको खेलमा एट्लान्टा र लाजियोले २–२ गोलको बराबरी खेल्दा टोरिनोले साम्पडोरियामाथि ३–०को जित निकाल्यो।

युभेन्ट्स १५ अंक जोडेर नवौं स्थानमा छ भने १५ अंक नै जोडेको भेरोना आठौं स्थानमा उक्लिएको छ।