अलमुताइरी नेपाल फर्कने, एन्फासँग गरे सम्झौता नवीकरण

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता नवीकरण भएसँगै अलुमताइरी फर्किने भएका हुन्।

माल्दिभ्समा भएको साफ च्याम्प्यिनसिप सकिएलगत्तै उतैबाट कतार पुगेका अलमुताइरीले बुधबार सामाजिक सञ्जालमार्फत एन्फासँग सम्झौता नवीकरण गरेको उल्लेख गरेका छन्।

उनले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँगको भेटपछि सम्झौता नवीकरण गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । उनले पुनः नेपाल फर्कन सहयोग गरेकोमा एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिएका छन्।

फेसबुक मार्फत नै अलमुताइरीले आगामी दुई वर्षको लक्ष्य र योजना चाँडै सार्वजनिक गर्न घोषणा पनि गरेका छन्। साथै उनले नेपाली समर्थकको माया आफूमात्र नभएर खेलाडीलाई पनि चाहिएको उल्लेख गरेका छन्।

यता, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अलमुताइरीसँग २ वर्षका लागि सम्झाैता नवीकरण गरेकाे उल्लेख गरेका छन्। उनले अलमुताइरी अब ३ वर्ष नेपाल बस्ने बताए । शेर्पाले यसअघि नै अलमुताइरीसँग १ वर्षकाे सम्झाैता भइसेकाे पनि बताए । तर, एन्फाले उनीसँगकाे १ वर्षकाे सम्झाैता गाेप्य राखेकाे थियाे।

अलमुताइरी गत चैतमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए। तर, नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पु¥याएलगत्तै कार्यकाल नसकिँदै नेपाली राष्ट्रिय टिमबाट राजीनामा दिएका थिए।