टेबलटेनिस खेलाडी अमर सम्मानित

Read Time:2 Minute

टेबलटेनिस खेलाडी अमरलाल मल्ललाई काठमाडौं नगरपालिका वडा २५ र भेडासिं परिवारले शनिबार नगदसहित सम्मान गरेको छ ।

स्पिन इभेन्ट प्रा.लि.को आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा भएको देशव्यापी अन्तर वडा खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जिते र वडाको गौरव बढाएको भन्दै अमरलाई सम्मान गरिएको हो ।

२ सय ५६ खेलाडी सहभागी पुरुष सिंगल्स स्पर्धामा अमरले ८ खेलाडीलाई हराउने क्रममा फाइनलमा विराटनगरका बोधित डिसीलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेका थिए ।

वडा २५ का अध्यक्ष निलकाजी शाक्य, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, भेडासिं परिवारका सभापति दीपककुमार श्रेष्ठलगायतले अमरलाई खादा, प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे । २५ वर्षको करियरमा इन्चोन र जाकर्ता एसियाडमा सहभागिता जनाइसकेका अमरले चीन र जर्मनीमा भएको विश्व च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरिसकेका छन् ।

अमर १२ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष टिम इभेन्टका कांस्य विजेता हुन् । राष्ट्रिय प्रतियोगितामा अमरले हासिल गरेको सबै भन्दा ठूलो उपब्धि तेश्रो हुने हो ।

सोही अवसरमा वडा २५ बाटै सोही प्रतियोगितामा सहभागी रजत जितेका शंकर पहरी र कांस्य जितेकी कृष्तिना थापालाई पनि नगदसहित सम्मान गरिएको थियो ।

अमरका व्यक्तिगत प्रशिक्षक एवं त्यसै प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पहिलो स्थान हात पारेका रञ्जन सुब्बा पनि नगदसहित सम्मानित भए । अमरलाई ए डिभिजन फुटबल लिग विजेता मच्छिन्द्र क्लबले पनि सोही कार्यक्रममा नगदसहित पुरस्कृत गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

One thought on “टेबलटेनिस खेलाडी अमर सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आयोजक दिलिप स्मृति टिम च्याम्पियन
Next post चेन्नईमाथि दिल्लीको सानदार जित
Close