अम्बाती रायाडु र फाफ डु प्लेसिसले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि चेन्नई सुपर किंग्सले १३औं संस्करणको आईपिएलको उद्घाटन खेलमा जित निकालेको छ । शनिबार राति अबुधाबीमा भएको खलमा रायाडु र डु प्लेसिसले अर्धशत बनाएपछि चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले हरायो ।
अबुधाबीस्थित शेख जायद रंगशालामा पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । चेन्नईको जितमा रायाडुले सर्वाधिक ७१ रन बनाए भने डु प्लेसिसले नटकआउट ५८ रन बनाए ।
६ रन बनाउँदा दुवै ओपनरलाई गुमाएको चेन्नईका लागि रायाडु र डु प्लेसिसले तेस्रो विकेटका लागि १५ रनको साझेदरी गर्दै टिमलाई बलियो अवस्थामा पु¥याए । राहुल चहरको बलमा आउट हुनुअघि रायाडुले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे भने डु प्लेसिसले ४४ बलमा ६ चौका प्रहार गरे ।
यस्तै, साम कुरानले ६ बलमा १८ र रविन्द्र जडेजाले ५ बलमा १० रन बनाए । १ वर्षपछि मैदानमा उत्रिएका महेन्द्रसिंह धोनी भने २ बलमा खेल्दै सुन्य रनमा नटआउट रहे । मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन, जसप्रित बुमराह, कुर्नाल पाण्ड्या र राहुल चहरले समान १ विकेट लिए ।
यअसघि पहला ब्याटिङ गरेको मुम्बईले राम्रो सुरुवात गरेर पनि ठूलो योगफल बनाउन सकेन । उसले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । उसका लागि ४.४ ओभरमा ४६ रनको साझेदारी गर्दै कप्तान रोहित शर्मा र क्वेन्टन डि ककले उत्कृष्ट सुरुवात दिएका थिए । तर तीन बल अन्तरमा दुवै ओपनर आउट भएपछि मुम्बई दबाबमा आएका थियो ।
उसका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए । यस्तै डि ककले ३३, कुर्नालले १८, सूर्यकुमार यादवले १५, हार्दिक पाण्ड्याले १४ र रोहित १२ रन बनाए । चेन्नईका लुगी एनगिडीले ३ विकेट लिए भने रविन्द्र जडेजा र दीपक चहरले समन २ विकेट लिए ।
आइतबार ७ः४५ बजे दुबईमा हुने खेलमा दिल्ली क्यापिटल्स र किंग्स इलावेन पञ्जाव भिड्ने छन् ।