सेप्टेम्बर दोस्रो साता हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि अमेरिकाले टिम घोषणा गरेको छ। विश्वपकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि अमेरिकाले शुक्रबार १४ सदस्यीय टिम घोषणा गरेको हो।
ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणातमक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुने छ। सौरभ नेत्रभाल्करको कप्तानीमा घोषणा गरेको टिमको उपकप्तानमा आरोन जोन्स रहेका छन् ।
अमेरिकी टिम : सौरभ नेत्रभाल्कर, आरोन जोन्स, करिमा गोरे, एल्मोर हचकिन्सन, नोस्थुश केन्जिगे, जस्करन मलहोत्रा, सुशान्त मोदानी, अभिषेक परदकर, मोनाक पटेल, निसर्ग पटेल, डोमिनिक रिखी, गजानन्द सिंह, जेसी सिंह, स्टेभेन टेलर । रिजर्भ खेलाडी– कायल फिलिप