एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजअन्तर्गत अमेरिकाविरुद्ध दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। अल अमेरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो।
अमेरिकाविरुद्ध नेपालले प्लेइङ सेटमा एक परिवर्तन गरेको छ । नेपालले मिडियम फास्ट बलर विक्रम शोबको स्थानमा युवा बलर गुलशन झा टिम राखेको छ । गुल्सन झा नेपाली टिममा डेब्यू गर्न लागेका हुन्।
यही क्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । सो खेलमा कुलश भुर्तेल र रोहितकुमार पौडेल उत्कृष्ट ब्याटिङ गरेका थिए।
नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, गुलशन झा, सन्दीप लामिछाने र सुशान भारी।