अमेरिकी महिला बक्सर मिकेला मेयरलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । मिकेलाले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रिमत भएको बताएकी छिन् ।
जुनियर लाइटवेट बक्सर मिकेला आफ्ने कोरोना परीक्षण पोजेटिभ आएको बताउँदै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘केही दिनअघि मेरो टिमको कोरोना परिक्षण गरिएको थियो, सबैको रिपोर्ट नेगेटिभ आएको छ । मेरो रिपोर्ट चाहिँ पोजेटिभ आयो । अहिले म ठीक छु, स्वास्थ्य राम्रो छ ।’
मिकेलालाई कोरोना देखिएसँगै मंगलबार तय भएको उनको फाइट स्थगित गरिएको छ । २९ वर्षीया मिकेलाले मंगलबार नाइजेरियन खेलाडी हेलेन जोसेफसँग खेल्ने कार्यक्रम रहेको थियो ।
मिकेलाले रिङमा फर्कन उत्सुक भएको बताएकी छिन् । आजैका लागि तय भएको प्रतियोगितामा सहभागी हुन नपाउनँदा आफू निशास भएको बताउँदै उनले टिमका साथीहरू, समर्थक र विपक्षी खेलाडीसँग माफी मागेकी छिन् ।