°
, June 7, 2023 in

आईएसएल खेल्ने दिल्ली लागे अनन्त

SHARE:

भारतको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ दिल्ली प्रस्थान गरेका छन्। गत सातामात्र अनन्त आईएसएल क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा आबद्ध भएका थिए ।

योसँगै अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । उनी आज दिउँसो १ बजे गोवा हुँदै दिल्ली प्रस्थान गरेका हुन्।

आईएसएलका लागि अनन्तले यो सिजनको अन्त्यसम्मका लागि सम्झैता गरेका छन् । यसअघि अनिल गुरुङ, किरण चेम्जोङ, अभिषेक रिजाल, प्रकाश बुढाथोकी, राजेश परियारलगायत भारतको आईलिग भने खेलेका थिए।

आईएसएल अन्त्यतिर आइपुग्दा इस्ट बंगालले अनन्तलाई अनुबन्धन गरेको हो । उनले अब लिगका ४ खेल खेल्ने छन्।

आईएसएलमा इस्ट बंगाल पुछारबाट दोस्रो स्थानमा छ। ११ टिम सहभगाी लिगमा उसले १६ खेलमा १ जित, ७ बराबरी र ८ हारको सामाना गर्दै १० अंक जोड्दै १०औं स्थानमा छ। लिगमा १५ खेल खेलेको हैदरावाद २६ अंकसहित शीर्ष स्थानमा छ।

ए डिभिजन लिग क्लब थ्रीस्टारको उपकप्तान समेत रहेका अनन्तलाई मंगलबार क्लबले बिदाइ गरेको थियो । थ्रीस्टार क्लबका पदाधिकारीले मंगलबार एक कार्यक्रमकाबीच सफलताको शुभकामनासहित तामाङलाई बिदाइ गरेका थिए।

SHARE: