फिक्सिङ प्रकरणमा विराटनगरका कप्तान म्याकार्थी सिआईबीको निगरानीमा

Read Time:2 Minute

काठमाडौंमा जारी टी–२० क्रिकेट लिगमा ‘म्याच फिक्सिङ’को आशंका गरिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेको छ। म्याच फिक्सिङमा संलग्न भएको आशंकामा सिआईबीले खेलाडीमाथि निरागनी गरिरहेको छ। र, खेल खेल्नबाट रोकिएको छ।

सिआईबीले विराटनगर सुपर किंग्सका कप्तान आन्द्रे म्याकार्थीमाथि उच्च निगरानी गरिरहेको छ । सोही कारण उनलाई पछिल्ला केही खेल खेल्नबाट रोक लगाइएको छ। टिममा नेपाली राष्ट्रिय टिमका कप्तान र अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी हुँदा हुँदै खासै अनुभव नभएका म्याकार्थीलाई विरानगरको कप्तान बनाएपछि धेरैले फिक्सिङको आशंका गरेका थिए।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक रूपमै ‘म्याच फिक्सिङको अफर आएको’ सिआइबीले वेस्टइन्डिजका खेलाडीलाई उच्च निगरानीमा राखेको छ ।

सिआइबीका एसएसपी दिनेश आचार्यले टी–२० लिगमा म्याच फिक्सिङको आशंकापछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको बताए । उनले भने, ‘काठमाडौंमा टी–२० लिग चलिरहेको छ । यसमा बेटिङभन्दा पनि हामीले फिक्सिङलाई हेरिरहेका छौँ । पक्राउ त कोही परेका छैनन् । तर, केही खेलाडी हाम्रो उच्च निगरानीमा छन् ।’

क्यानका एक उच्च अधिकारीले भने, ‘टी–२० लिगमा ‘म्याच फिक्सिङ’भन्दा पनि ‘स्पट फिक्सिङ’को आशंका छ । विशेषगरी वेस्टइन्डिजका खेलाडी शंकाको घेरामा छन् । जसमध्ये आन्द्रे म्याककार्थीलाई हामीले उच्च निगरानीमा राखेका छौँ । उनलाई तत्कालका लागि खेल्न पनि रोकेका छौँ । प्रहरीले पनि अनुसन्धान गरिरहेको होला । तर, पक्राउ भने कोही परेका छैनन् । आशंकाकै भरमा पक्राउ गर्नु पनि उचित नहोला ।’ 

Happy
Happy
50 %
Sad
Sad
25 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %
Previous post प्रतिबन्धमा रोनाल्डो, साउदी प्रो लिगमा आज डेब्यू गर्न नपाउने
Next post विश्वकप स्टार फर्नान्डेसका लागि ८७ मिलियन पाउण्ड र तीन खेलाडी दिने चेल्सीको प्रस्ताव
Close