सिरि ए च्याम्पियन युभेन्ट्सको प्रशिक्षकमा आन्द्रे पिर्लो नियुक्त भएका छन् । प्रशिक्षक माउरिसियो सारीलाई बर्खास्त गरेको केही घण्टामै युभेन्ट्सले आफ्नै पूर्व लिजेन्ड खेलाडीलाई पिर्लोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
पिर्लो युभेन्ट्सको यू–२१ टिमको प्रशिक्षक बनेको ९ दिन पछि नै उनी युभेन्ट्सको मुख्य प्रशिक्षक बनेका हुन्। उनले यू–२१ टिमसँग ५ वर्षको सम्झौता गरेका थिए । लियोनसँग अवे गोलमा पछि पर्दै च्याम्पियन्स लिगको अन्तिम १६बाट बाहिरिएपछि युभेन्ट्सले प्रशिक्षक सारीलाई बर्खास्त गरेको थियो ।
पिर्लोसँग अहिलेसम्म प्रशिक्षकको अनुभव छैन । युभेन्ट्स र इटालिका पूर्व मिडफिल्डर पिर्लोले सन् २०१७मा मात्रै फुटबलबाट सन्न्यास लिएका थिए । पिर्लो युभेन्ट्सको सिनियर टिमको प्रशिक्षक बन्दा धेरै फुटबलप्रेमीलाई आश्यर्चमा पारेको छ । पिर्लो ४ वर्ष पछि पुनः टुरिन फर्किएका हुन् ।

आफ्ना पूर्वखेलाडी पिर्लोलाई युभेन्ट्स प्रशिक्षकको रुपमा फर्काउन सफल भएको छ । ४१ वर्षीय पिर्लोले सन् २०१५ मा युभेन्ट्स छाडेका थिए । युभेन्टसमा उनले १६४ खेल खेल्दै १९ गोल गरेका छन् । युभेन्ट्सबाट उनले ४ सिरि ए, १ कोपा इटालियान र १ सुपर कोपा डे स्पाना जितेका छन् ।
पिर्लाेले युभेन्ट्सका अलावा एसी मिलान, इन्टर मिलान, ब्रेसियाबाट पनि खेलेका छन् । उनले एसी मिलानबाट २ च्याम्पियन्स, २ सिरिए, युइएफए सुपरकप, क्लब विश्वकपलगायत उपाधि जितेका छन् । उनले फुटबल करिअरको अन्त्य अमेरिकाका न्युयोर्क सिटीबाट गरेका थिए ।