स्पेन तथा बार्सिलोनाका जिलेन्ड पूर्वमिडफिल्डर आन्द्रेस इनेस्टा अझै २ सिजन जापानमै रहने भएका छन् । सन् २०१८मा बार्सिलोना छाड्दै जे लिग क्लब भिसेल कोबेमा पुगेका इनेस्टाले म(मंगलबार मात्र क्लबसँग २ वर्षको नयाँ सम्झौता गरेका छन् ।
इनेस्टाको सम्झौता यसै वर्ष सकिँदै थियो । ३६ वर्षीइ इनेस्टाले अब सन् २०२३ सम्म कोबेमा रहने छन्।
कोबेका लागि ७७ खेल खेलेका इनेस्टाले १६ गोल गर्नुका साथै १८ असिस्ट गरेका छन् । इनेस्टाको नेतृत्वमा कोबेले इम्पेरियर कप र जापानिज सुपर कप जितिसकेका छन्।