अष्ट्रेलियन क्रिकेटले पूर्वक्रिकेटर एन्ड्रयु म्याकडोनाल्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। बोर्डले टि–२० विश्वकपको ठीकअघि म्याकडोनाल्डलाई प्रशिक्षक नियुक्त गरेको हो।
अष्ट्रेलियन क्रिकेट बोर्डका अनुसार म्याकडोनाल्डलाई स्थायी रुपमा तीनवटै फर्म्याटको प्रशिक्षक नियुक्त गरिएको हा्े। उनले बोर्डसँग चार वर्षको सम्झौता गरेका छन् ।
गत फेब्रुअरीमा जस्टिन ल्याङ्गरले राजीनामा दिएपछि म्याकडोनाल्डलाई आन्तरिक प्रशिक्षकको रुपमा भूमिका दिइएको थियो । क्रिकेट अष्ट्रेलियाले बुधबार बिहान म्याकडोनाल्डलाई नै स्थायी प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको हो ।
उनको अन्तरिम प्रशिक्षण कालमा अष्ट्रेलियाले वर्ल्ड टेष्ट च्याम्पियनसिपअन्तर्गत पाकिस्तानविरुद्ध शृङखला १(० ले जितेको थियो । यस्तै ओडीआई सुपर लिगमा अष्ट्रेलिया पाकिस्तान टुरमा १० अंक जोडेको छ भने एक लाहोरमा भएको टी(२० अन्तर्राष्ट्रिय खेल पनि जितेको थियो ।
घरेलु क्रिकेटमा उत्कृष्ट प्रशिक्षणपछि म्याकडोनाल्ड सन् २०१९ मा सहायक प्रशिक्षकको रिमा अष्ट्रेलियन कोचिङ सेटअपमा समावेश भएका थिए । अष्ट्रेलियाले गतवर्ष टी२० विश्वकपको उपाधि जित्दा र एसेस शृङखला जित्दा पनि म्याकडोनाल्ड टिमसँगै थिए ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि म्याकडोनाल्डले यस भूमिकाबाट आफू सम्मानित भएको महसुस गरेको बताएका छन् ।