म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमै बराबरीमा रोकिएको छ। इंग्लिस प्रियिमरअन्तर्गत शनिबार ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
क्रिस्टियानो रोनाल्डो, पाउल पोग्बा, जाडोन सान्चोलाई बेन्च राखेको खेलमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा युनाइटेड अंक बाँड्न बाध्य भयो। खेलमा युनाटेडका एन्थोनी मार्सियलले गोल गरेका थिए भने एभर्टन एन्ड्रोस टाउनसेन्डले गोल गरेका थिए।
४३औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको पासमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर, ६५औं मिनेटमा टाउनसेन्डले गोल गर्दै खेललाई बराबरीमा लाए ।
खेलमा ७२ प्रतिशत बल पोजेसन बनाउँदै युनाइटेडले १३ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो। यता, एभर्टनले १२ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।