आयरल्यान्डसँग विश्व च्याम्पियन इंग्ल्यान्ड निरिह, ८५ रनमै अलआउट

आजको सुरु भएको आयरल्यान्डविरुद्धको टेस्टमा विश्व च्याम्पियन इंग्ल्यान्ड निरिह देखियो । लर्ड्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड ८५ रनमै अलआउट भयो ।

टिम मुर्टाघले घातक बलिङ गरेपछि इंग्ल्यान्ड पहिलो सेसनको १७ ओभरमै अलआउट भयो । घरेलु मैदानमा इंग्ल्यान्डको सबैभन्दा खराब प्रदर्शन हो । विगत तीन वर्षमा चौथो पटक कुनैपनि टिम पहिलो सेशनमै अलआउट भएको हो ।

यसअघि सन् २०१६ अक्टोवरमा ढाकामा, सन् २०१८ जनवरीमा अक्ल्यान्ड र मार्चमा ब्रिजटाउनमा भएको खेलमा पहिलो सेसनमै टिम अलआउट भएका थिए ।

इंग्ल्यान्डका लागि जोए डिन्लेले सर्वाधिक २३ रन बनाए भने ओली स्टोनले १९ र साम कुरान १८ रन बनाए ।

इंग्ल्यान्डको इनिङ धरासायी बनाउने क्रममा टिम मुर्टाघले ९ ओभरमा २ मेडनसहित १३ रन खर्चेर ५ विकेट लिए । यस्तै, मार्क एडइयरले ३ तथा बोइड रन्किनले १ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको आयरल्यान्डले एन्डी बलबिर्नीको अर्धशतक मद्दतमा २०७ रन बनायो । योसँगै उसले १२२ रनको अग्रता लिएको छ । बलबिर्नीले ६९ बलमा १० चौका प्रहार गर्दै ५५ रन बनाए ।

यस्तै पाउल स्टर्लिङले ३६ र केभिन ओब्राइनले २८ रन बनाए । इंग्ल्यान्डका स्टुआर्ड ब्रोड, साम कुरान र स्टोनले समान ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP