रोबर्टसन गरे लिभरपुलसँग नयाँ सम्झौता

Read Time:1 मिनेट

डिफेन्डर एन्डी रोबर्टसनले इंग्लिस क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्। २७ वर्षीय रोबर्टसनले लिभरपुलसँग सन् २०२६ सम्मका लागि सम्झौता नवीकरण गरेका छन्।

रोबट्र्सन २०१७ मा हल सिटीबाट ८ मिलियन पाउण्डमा लिभरपुल आएका थिए। त्यसयता उनले लिभरपुलका लागि १७७ खेल खेल्दै ५ गोल गरेका छन्।

स्कटल्याण्डका कप्तान समेत रहेका रोबर्टसनले लिभरपुलका लागि प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन्।

यसअघि लिभरपुलले गोलकिपर एलिसन, डिफेन्डरहरु भिर्गिन भान डाइक, ट्रेन्ट अलेक्जेन्टर आर्नोल्ड र डिफेन्सिभ मिडफिल्डर फाबिन्होसँग लामो समयका लागि सम्झौता गरिसेकेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भाल्भर्डे सन् २०२७ सम्म रियलमा रहने
Next post एरिक्सन बचाउने डेनमार्क कप्तान केजर र मेडिकल टिमलाई ‘युइएफए प्रेसिडेन्ट अवार्ड’
Close