नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले भर्चुअल अभ्यास गराउने भएको छ । खेलाडीहरुलाई फिट राख्नका लागि एन्फाले जिल्लामा रहेका आफ्ना प्रशक्षिकहरु मार्फत खेलाडीहरुलाई भर्चुअल अभ्यास गराउन लागेको हो ।
जिल्लामा रहेका राष्ट्रिष्य टिमको बन्द प्रशिक्षणमा परेका खेलाडीलाई एन्फका आबद्ध प्रशिक्षकले ‘म्याच फिट’ राख्न भर्चुअल प्रशिक्षण गराउने एन्फाले जनाएको छ । यसलाई लिएर एन्फाले आफ्ना प्रशिक्षकहरूलाई निर्देशन पनि दिइसकेको छ ।
प्रशिक्षकले प्रशिक्षण कार्यक्रम तय गरेर खेलाडीलाई अभ्यासका लागि तयार गराउने योजना एन्फाको छ । ‘स्वतन्त्र रूपमा कहिलेदेखि फुटबल खेलाडीले अभ्यास गर्न पाउने हो, त्यो तय छैन’, एन्फाले महासचिव इन्द्रमान तुलाधरले भने, ‘लगातार अभ्यास नगर्दा खेलाडीको स्तरमा कमी आउने र उनीहरु फिट नुहने भएकाले भर्चुअल अभ्यासमार्फत उनीहरुलाई फिट राख्ने प्रयास गर्न लागिएको हो।’
पूर्ण रूपमा सुरक्षित खेल अभ्यास र प्रशिक्षणको अवसर तयार पार्न एन्फाले अहिले आवाज उठाइरहेको छ । अहिलेकै स्थितिमा फुटबल प्रतियोगिता हुने भए त्यसमा खेलाडीको प्रदर्शन कमजोर हुने महासचिव तुलाधरले बताए ।
सुरुआती चरणमा एन्फाका प्रशिक्षकले आफ्नो क्षेत्रमा रहेका खेलाडीलाई फिट रहने कार्यक्रमको सूची पठाउने छन् र ‘भर्चुअल’ रूपमा अभ्यासका लागि तयार पार्नेछन् । नेपाली राष्ट्रिय टिमको तयारीका लागि पनि चाँडै कार्यक्रम तयार पार्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने एन्फाको तयारी छ ।