अखिल नेपाल फुटबल संघ ९एन्फा० को विशेष साधारण सभा यही चैत १५ गते हुने भएको छ । दुई दिनसम्म चलेको कार्यसमिति बैठकले निर्वाचन निर्देशिका परिमार्जन गरी चैत १५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
यसअघि फागुन ८ गते तय गरिएको विशेष साधारण सभा प्राविधिक कारण देखाएर दुई पटक स्थगित भएको थियो । एन्फाको बैठकले संघको निर्वाचन कार्यतालिका अनुमोदन पनि गरेको छ । एन्फाको निर्वाचन यसअघि नै २०७९ जेठ १५ गतेलाई तोकिएको छ ।
त्यसैगरी जिल्ला फुटबल संघको निर्वाचन २०७९ वैशाख १ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । यसअघि फागुन १५ देखि ३० गतेसम्मका लागि जिल्ला फुटबल संघको निर्वाचन तय गरिएको थियो ।