एन्फाले गठन गर्‍यो निर्वाचन समिति, अध्यक्षको उम्मेदवार बन्न शुल्क १५ हजार

अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको २०औं विशेष साधारणसभाले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौत्तम, सदस्यमा दामोदर भट्टराई छन् । जेठ १५ मा एन्फाको चुनाव हुँदैछ ।

साधारणसभाले विष्णु लुइँटेलको संयोजकत्वमा निर्वाचन पुनरावेदन समिति पनि गठन गरेको छ । यस्तै सभाले निर्वाचनमा हुने उम्मेदवारको शुल्क पनि तोकेको छ । त्यसअनुसार अध्यक्षको उम्मेदवारले १५ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघका अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरिमान राईलाई निरीक्षकमा नियुक्त गरेको छ ।