°
, June 4, 2023 in

एन्फाको छानविन समिति व्यवहारिक छैन : खेलाडी संघ

SHARE:

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले नेपाली फुटबमा देखिएको विवाद सधानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गठन गरेको छानविन व्यवहारिक नभएको जनाएको छ। एनएनआईपीएले एन्फालाई ज्ञापनपत्र बुझाउँदै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीचको विवाद समाधानको गठन भएको समिति व्यवहारिक नभएको जनाएको हो ।

एन्फाले गत बुधबार मुख्य प्रशिक्षक अल्मुताइरी र खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर शमशेर जबरा रहेको एक सदस्यीय समिति गठन गरेको थियो।

संघले विवाद समाधानका लागि नयाँ समिति गठन गर्न माग गरेको छ। एन्फाले बनाएको १ सदस्यीय छानविन समिति कुनै हिसाबले व्यवहारिक नभएको जनाएको छ।

‘पीडित खेलाडीहरुलाई अमान्य रहेको गठित एक सदस्यीय छानबिन समिति एनएनआईपीएलाई पनि नीति सम्मत एवं व्यवहारिक छ्र्रैन,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यसर्थ देशको गौरवसँग जोडिएको गम्भीर विषयमा न्यायिक तथा प्रभावकारी छानविन गर्नको निमित्त न्यूनतम वा सोभन्दा बढी सदस्य रहने गरी सबै पक्षले विश्वास गर्न लायक नयाँ छानबिन समिति गठन गरी यथासिघ्र समाधान समाधानको माग गर्दछौं ।’

मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले गत मंगलबार क्याम्प छाडे पछि प्रशिक्षक र खेलाडीबीचको विवाद सतहमा आएको थियो।

SHARE: