°
, June 7, 2023 in

पारस चौधरी बने नेपाली महिला फुटबल टिमको सहायक प्रशिक्षक

SHARE:

नेपाली राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पारसलाई महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरेको हो।

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले चौधरीलाई महिला टिमको सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो। नेपाली टिमको मुख्य प्रशिक्षकमा यसअघि नै अनन्त थापा नियुक्त भइसकेका छन्।

नेपाली महिला टोलीले भारतमा फेब्रुअरी १३ देखि २५ को बीचमा २ मैत्रीपूर्ण खेल खेल्नेछ।

SHARE: