°
, June 1, 2023 in

बी डिभिजन क्लबले मागे एन्फासँग क्षतिपूर्ति

SHARE:

काठमाडौं, चैत २६ : सहित स्मारक बी डिभिजन क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग क्षतिपूर्ति मागेका छन्। पूर्वनिर्धारित तालिकामा लिग गर्न नसकेपछि बी डिभिजन क्लबहरुले एन्फासँग क्षतिपूर्ति मागेका हुन्।

एन्फाले चैत १५ गतेबाट बी डिभिजन लिग गर्ने भनेको थियो । तर, लिग अहिले अन्यौलमा परेको छ।

लिगका लागि आफूले तयारी गरिसकोका भन्दै १४ बी डिभिजन क्लबले एन्फासँग क्षतिपूर्ति मागेका हुन्। १४ वटै क्लबले एन्फालाई पत्र बुझाउँदै ४५ दिनको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

‘चैत १५ गते बी डिभिजन क्लब र एन्फाबीच भएको छलफलमा लिग समयमा हुन नसक्दा ४५ दिनको क्षतिपूर्ति दिनुपर्नै क्लबहरुको मागलाई चैत १८ गतेको कार्यसमिति बैठकमा राख्ने सहमति भए पनि बैठकमा उक्त एजेन्डा नराखेकाले बी डिभिजन क्लबलाई क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गर्दछौं,’ बी डिभिजनका १४ क्लबले एन्फालाई बुझाएको पत्रमा भनिएको छ।

SHARE: