आज हुने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा स्थगित भएको छ। भर्चुअलरुपमा गर्ने भनिएको विशेष साभारणसभा गणपुरक संख्या नपुगेपछि स्थागित भएको हो।
३२ क्लले एन्फाका बहिस्कार गरेपछि विशेष साधारणसभामा गणपुरक नपुगेको हो। साधारणसभामा ३९ जनाको मात्र सहभागीता रहेको एन्फाले जनाएको छ।
एन्फा महासचिव किरण राईले आज गणपुरक नपगेर स्थागित भएको विशेष साधारणसभा सोमबार पुनः बस्नेछ। उनले भोलिको साधारणसभामा जति उपस्थित हुन्छन् त्यतिलाई नै गणपुरक मान्ने व्यवस्था भएको बताए।
एन्फाले लेखा परिक्षक नियुक्तीका लागि एन्फाले विशेष साधारणसभा बोलाएको हो।
३२ क्लबले भने भौतिक उपस्थितिमै साधारण सभा गरिनुपर्ने माग राखेका थिए । एन्फा र ३२ क्लबका प्रतिनिधिबीच भएको छलफल विना निष्कर्ष टुंगिएको थियो।
एन्फाको साधारण सभामा १ सय ५ को सदस्य संस्था रहेको र त्यसमध्ये ८६ जनासँग मताधिकार छ।