अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ महिनाअघि सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको टेक्निकल रिपोर्ट सर्वाजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम गर्दै एन्फाले ए डिभिजन लिगको टेक्निकल रिपोर्ट सर्वाजनिक गरेको हो ।
लिगको टेक्निकल रिपोर्टको ह्यान्डबुक राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, लिग संयोजक विज्ञानराज शर्माले सर्वाजनिक गरेका थिए । ह्यान्डबुकमा लिगका सम्पूर्ण तथ्यांक उपलब्ध छन् ।
कार्यक्रममा सदस्यसचिव सिलावालले लिग पहिलाको तुलनामा राम्रो भएपनि यसलाई अmभै परिस्कृति गर्दै लैजानु पर्ने बताएका थिए । यो ह्यान्डबुक प्रशिक्षकहरुका सहयोगी हुने विश्वास व्यक्त गरे ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ह्यान्डबुक प्रशाशन भएको खुसी व्यक्त गरे । उनले यो दक्षिण एसियाकै पहिलो ह्यान्डबुक भएको बताए । ‘म यसको ड्राफ्ट हेर्दा नै अत्यन्त हर्षित भएको थिएँ । किनभने नेपालको इतिहासमा यो पहिलो भएको महसुस गरेँ । मैले फिफा एएफसीका साथीहरु सबैसंग बुझ्दा यो दक्षिण एसियामै पहिलो रहेछ’ शेर्पाले भनेका छन् ।