°
, June 7, 2023 in

एन्फाको आपतकालिन बैठक, यस्ता छन् निर्णय

SHARE:

शुक्रबार अलिख नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन बैठक बसेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले निर्णय गरेको छ ।

बैठकले सहिद स्मारक ए, बी र सी डिभिजन लिगका लागि टिकेटिङ र मार्केटिङ अधिकारका लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको छ। भएको छ।

ए डिभिजन लिगको टिकेटिङ अधिकारका लागि न्युनतम १ करोड ५० लाख र शीर्षक प्रायोजक बाहेकका कर्मसियल र मार्केटिङ्ग अधिकारको लागि न्युनतम १ करोड ५० लाख तोकेर टेन्डर आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।  

बैठकले ए डिभिजन लिगको टिकट दर भीआइपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ तथा बी र सी डिभिजन लिगको टिकट दर १ सय रुपैयाँ तय गरेको छ।

यस्ता छन् बैठकका ८ निर्णय

१. फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरियो। 

२. एन्फाले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग २०७९ फागुन १९ र सहिद स्मारक बी डिभिजन लिग २०७९ चैत्र १५ बाट सुरु गर्ने निर्णय ।

३. सहिद स्मारक ए डिभिजन लिग २०७९ आयोजना गर्न अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाङको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरु सदस्य रहने गरि लिग संचालन समिति गठन।

४. सहिद स्मारक ए डिभिजन लिग २०७९ को टिकट दर भीआइपी पारापिटतर्फ रु ३०० साधारण पारापिटतर्फ रु १०० साथै सहिद स्मारक बी डिभिजन लिग २०७९ र सहिद स्मारक सी डिभिजन लिग २०७९ को टिकट दर रु १०० तय गरियो। ए डिभिजन लिगको टिकेटिङ अधिकारको लागि न्युनतम रु १,५०,००,००० ९एक करोड पचास लाख र शीर्षक प्रायोजक बाहेकका कर्मसियल र मार्केटिङ अधिकारको लागि न्युनतम रु १,५०,००,००० (एक करोड पचास लाख)तोकेर टेन्डर आह्वान गर्ने। दुवै गरी कुल तीन करोडका लागि टेन्डर आह्वान गर्ने ।

५. सहिद स्मारक ए, बी र सी डिभिजन लिगका ब्रोडकास्टिङ अधिकारको लागि न्युनतम रु ६०,००,००० ९साही लाख तोकेर टेन्डर बाह्वान गर्ने निर्णय पारित ।

६. ए, बी र सी लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामाग्रीको लागि टेन्डर आह्वान गर्न एन्फा सचिवालयलाई जिम्मेवारी प्रदान गर्ने ।

७. ए। बी र सी लिगका लागि तीन सदस्यीय इन्ट्रगिटी समितिको गठन गर्ने निर्णय पारित ।

८. भारतको सबोच्च फुटबल निकाय अखिल भारतीय फुटबल महासंघले नेपाली राष्ट्रिय महिला टोनीलाई यहि फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय पारित ।

SHARE: