दरबारमार्गमा खुल्यो एन्फा सोरुम

आजबाट दरबारमार्गमा एन्फा एन्फा सोरुस खुलेको छ। राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक केटिएम सिटीले दरबारमार्गमा एन्फा सोरूम सञ्चालनमा ल्याएको छ।

आइतबार एक कार्यक्रमबीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्र मान सिंहले सोरूमको उद्घाटन गरे। उद्घाटन पछि एन्फा अध्यक्ष शेर्पाले केटिएम सिटीसँगको सहकार्यले फुटबलको व्यवसायिक हिसाबमा अगाडि बढ्ने बताए।

यस्तै, केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्राण्ड राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक बन्न पाउनु र सोरुमा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामाग्री किन्न सकिने छ। केटिएम सिटीले तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामाग्रीको आधिकारिक प्रायोजक गर्ने जिम्मा पाएको छ।

केटिएम सिटीले ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पालाई मुख्य प्रायोजक गरेको छ।