नेपाली बक्सर अञ्जली तेली भारतको नयाँ दिल्लीमा जारी आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन्। हाइटीकी मारी स्टर्लिङ क्याथरिनलाई हराउँदै अञ्जलीले क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।
महिला ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी अञ्जलीले शीर्ष वरियताकी मारीविरुद्ध उत्कृष्ट खेल पस्किइन्।
अन्जलीले यसअघि पहिलो चरणमा डोमिनिक रिपब्लिकन खेलाडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी थिइन् । अब अन्जलीले एक खेल जितेमा कम्तीमा कास्य पदक पक्का गर्ने छिन् ।
विश्व च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले सहभागिता जनाएकोमा बाँकी ६ खेलाडी पहिलो चरणमै पराजित हुँदै बाहिरिसकेका छन् ।