नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर बनेका छन् । ललितपुर सानेपास्थित माछापुच्छ«े स्कुलले एक कार्यक्रमबीच अञ्जनलाई खेलकुद दूतको रुपमा सार्वजनिक गरेको हो।
स्कुलले अन्जनसँग दुई वर्षको सम्झौता गरेको छ। सम्झौता पत्रमा स्कुलका अध्यक्ष विनोद यादव र अन्जनले हस्ताक्षर गरे । सम्झौतासँगै अञ्जनले स्कुलको एकेडेमी तथा खेलकुद विकासमा सहयोग गर्नेछन्।
स्कुलसँग जोडिन पाउँदा हर्षित छु भएको अञ्जनले बताए । उनले स्कुलको एकेडेमीका सहयोग पुर्याउने बताए।
एन्फा एकेडेमीका उत्पादन अञ्जनले नेपालको युथ टिम हुँदै हाल राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । उनी मनाङ मर्स्याङ्दी क्लबको कप्तान हुन् । उनी अञ्जन दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका मार्की खेलाडी समेत हुन्।