अञ्जन चम्किँदा चाइनिज ताइपेइमाथि नेपालको ऐतिहासिक जित

२१ वर्षीय स्ट्रारइकर अञ्जन विष्टले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेपछि सन् २०२२ को कतार विश्वकपको दोस्रो चरणको एसियन छनोट र सन् २०२३ को एसिया कप छनोटमा नेपालले ऐतिहासक जित हात पारेको छ । मंगलबार अञ्जनले दुवै हाफमा समान १ गोल गरेपछि नेपालले चाइनिज ताइपेइलाई उसकै मैदानमा २–०ले हरायो ।

विश्वकप छनोटमा घरबाहिर नेपालको यो पहिलो जित हो । यो जितसँगै देस्रो चरणको छनोटको समूह बीमा रहेको नेपालले उत्कृष्ट पुनरागमन गरेको छ । पहिलो खेलमा कुवेतसँग उसकै मैदानमा ७–० ले पराजित भएपछि नेपाल संकटमा परेको थियो ।

ताइपेइलाई उसकै मैदानमा पराजित गर्ने क्रममा दुवै गोल स्ट्राइकर अञ्जनले गरे । राष्ट्रिय टिमबाट २९ खेल खेलिसकेका अञ्जनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । एन्फा एकेडेमीका उत्पादन अञ्जनले तेस्रो मिनेटमै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले सुजल श्रेष्ठको फ्रिकिकमा हेडिङमार्फत गोल गरेका थिए ।

पहिलो हाफमा १–०को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि एक गोल ग¥यो । खेलको ६२औं मिनेटमा अञ्जनले नै नेपालको अग्रता दोब्बर बनाए । उनले रवि पासवानले क्रसमा सुजलले नै हेडिङमार्फत उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरेका थिए ।

नेपाली राष्ट्रिय टिमले १ वर्षपछि जित निकाल्यो । सन् २०१८ मा भएको साफ च्याम्पियनसिपमा बंगलादेशलाई २–० ले पराजित गरेयता नेपाल जितविहीब थियो । त्यसयता नेपालले १० खेल खेलेको थियो, त्यसमध्ये नेपालले २ बराबररी खेलेको थियो । नेपालले मैत्रीपूर्ण खेलमा कुवेतसँग गोलरहित बराबरीताइपेइसँगै १–१ गोलको बराबरी खेलेको थियो ।

समूह बीमा नेपालसँगै कुवेत, चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलिया छन् । एएफसीको ३४औं वरियताभित्र रहँदै नेपालले सिधै दोस्रो चरणको छनोट खेल्ने अवसर पाएको हो ।

८ समूहको विभाजित छनोटबाट समूहका शीर्ष टिम विश्वकप र एसियाकप छनोटमा अघिल्लो चरणमा प्रवेश गर्नेछ भने दोस्रो हुने उत्कृष्ट चार टोली पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् । अब नेपालले असोज २३ असोजमा अस्ट्रेलिया र २८ असोजमा जोडर्नसँग खेल्ने छ ।