बार्सिलोनाका स्पेनिस युवा स्ट्राइकर अन्सु फाती ५ महिना मैदान बाहिर रहने सक्ने भएका छन् । शनिबार राति भएको रियल बेटिसविरुद्धको खेलमा फाती घाइते भएका थिए ।
दोस्रो हाफको सुरुमै बेटिसका खेलाडीले फाउल गर्दा फातीको घुँडामा चोट लागेको थियो । सोही चोटका कारण फाती तीनदेखि पाँच महिना मैदान बाहिर रहन सक्ने डाक्टरहरुले बताएका छन् । घाइते फातीलाई मेसीले रिप्लेस गरेका थिए ।
आइतबार मेडिकल परीक्षणको नतिजामा फातीकोे घुँडाको इन्टेरियर मेनिस्कसमा असर परेको बताइएको छ । रिपोल एण्ड डे प्राडो क्लिनिकका डाक्टर रिपोलले फाती चोटमुक्त हुन पाँच समय लाग्न सक्ने बताए ।
आफ्ना मुख्य स्ट्राइकर फाती लामो समयसम्म मैदानबाहिर रहने भएपछि बार्सिलोनालाई धक्का पुगेको छ । यसअघि गत सिजनमा पनि बार्सिलोनाका युस्माने डिम्बेले र लुइस स्वारेज लामो समयसम्म मैदानबाहिर रहेका थिए ।