अंसु फातीले कीर्तिमान बनाएको खेलमा स्पेन विजयी भएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा स्पेनले युक्रेनलाई ४–०ले पराजित गर्दै युइएफए नेसन्स लिगमा पहिलो जित निकाल्यो ।
युक्रेनविरुद्ध पहिलो रोजाइमै परेक १७ वर्षे स्ट्राइक फातीले ३२औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । सो गोलसँगै फातीले ९५ वर्षको पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने । उनले १७ वर्ष ३११ दिनको उमेरमा स्पेनका लागि गोल गर्न सफल रहे ।
फाती च्याम्पियन्स लिगको इतिहास र स्पानिस लिगमा समेत सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन् । पहिलो रोजाइमा मैदानमा उत्रिएका फाती नेसन्स लिगमा प्लेइङ सेटमा रहेर खेलको सुरुवात गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । यसअघि जुआन एराजुकिनको नाममा थियो । उले सन् १९२५ मा १८ वर्ष ३ ४४ दिनमा स्विटरल्यान्डविरुद्ध गोल गरेका थिए ।
गिनी बिसाउमा जन्मिएका फाती ५ वर्षको उमेरमा परिवारसहित स्पेन आएका हुन् । स्पेनिस क्लब बार्सिलोनाको एकेडेमी ला मासियाको उत्पादन फाती अघिल्लो सिजन बार्सिलोनाको सिनियर टिममा डेब्यू गरेका थिए । उनी ८४ वर्षको इतिहासमा स्पेनका सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । पछिल्लो बिहीबार मात्र उनले जर्मनीविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

स्पनेको जितमा फातीका अलावा कप्तान सर्जियो रामोसले २ गोल गरे भने अर्का युवा स्ट्राइकर फेरान टोरेसले १ गोल गरेका थिए । स्पेनले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेको थियो ।
खेलमा तेस्रो मिनेटमै पेनाल्टीमा गोल गर्दै रामोसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा रामोसले नै हेडिङ गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाएका थिए । फातीले ३२औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै स्पेनलाई ३–०को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा ३–०को अग्रता लिएको स्पेनले दोस्रो हाफमा १ गोल थपेको थियो । ८६औं मिनेटमा २० वार्षीय स्ट्राइकर टोरेसले गोल गर्दै स्पेनलाई सहज जित दिलाए । टोरेसले पनि अघिल्लो साता जर्मनविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
पहिलो खेललमा जर्मनीसँग बराबरी खेलेको स्पेन यो जितपछि लिग एको समूह ४ मा ४ अंक जोड्दै शीर्ष स्थानमा छ । पहिलो खेलमा स्वीट्जरल्यान्डलाई पराजित गरेको युक्रेन ३ अंकसहित दोस्रो स्थानमा छ ।
Its like you read my mind! You seem to know so much about this, like you wrote the book in it or something. I think that you could do with some pics to drive the message home a bit, but other than that, this is wonderful blog. A great read. I’ll definitely be back.
Hey very interesting blog!