फेरि घाइते भए फाती

बार्सिलोनाका युवा स्ट्राइकर अंशु फाती घाइते भएका छन्। एक महिना अघि मात्र चोटमुक्त हुँदै मैदान फर्किएका फाती अभ्यासका क्रममा पुनः घाइते भएका छन्।

बार्सिलोनाका अनुसार फातीको दायाँ घुँडामा चोट लागेको छ । बार्सिलोनाले फातीले आज राति हुने रायो भालेकानोविरुद्धको खेल पनि गुमाउने उल्लेख गरेको छ। उनी मैदान फर्कने विषय यकिन हुन नसकेको पनि उसले जनाएको छ।

एक वर्ष मैदान बाहिर रहेका फाती सेप्टेबर २६ बाट मैदान फर्किएका थिए । लेभान्तेविरुद्धको खेलमार्फत उनी मैदान फर्किएका थिए।