°
, June 4, 2023 in
0

फाती र मेसीको गोल ला लिगामा बार्सिलोनाको सानदार सुरुवात

SHARE:

अंसु फाती र कप्तान लियोनल मेसीले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार सुरुवात गरेको छ । आइतबार राति क्याम्प नाउमा भएको खेलमा फाती र मेसीले गोल गरेपछि बार्सिालेनाले भिल्लारियललाई ४–०को फराकिलो अन्तरले हरायो ।

बार्सिलोनासँगै प्रशिक्षक रोनाल्ड कोम्यानले पनि ला लिगामा सुखद सुरुवात गरेका छन् । कोम्यान क्वेट सेटिनको स्थानमा अघिल्लो सिजनको अन्त्यसँगै बार्सिालेना आएका थिए । सिजन सुरु नहुँदै उनी विवादमा पनि तानिए। उनले अनुवभी खेलाडीहरु लुइस सुआरेज, अर्टुरा भिडाल, इभान राकाटिच र नेल्सन सेमेडोलाई आफ्नो योजनामा नरहेको बताएपछि उनीहरुले क्लब छाडेका थिए । साथै युवा मिडफिल्ड रिकी पुचलाई पनि आफ्नो योजनामा नरहेको र लोनमा अन्य क्लब जान भनेपछि कोम्यान विवादमा आएका थिए । तर, विवादबीच कोम्यानले बार्सिलोनलाई लिगमा सानदार सुरुवात दिलाएका छन् ।

बार्सिलोनाले भिल्लारियलविरुद्ध पहिलो हाफमै चार गोल गरेको थियो, दोस्रो हाफमा भने उ गोल गर्न असफल भयो । बार्सिलोनाका जितमा अंशु फातीले दुई गोल गरे भने लियोनल मेसीले १ गोल गर्दा अर्को गोल भिल्लारियलको पाउ टोरेसले आत्मघाती गरे ।

१५औं मिनेटमा फातीले बार्सिलोनालाई अग्रता दिलाए । उनले जोर्डी अल्बाको पासमा उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेका थिए । त्यसको चार मिनेपछि फिलिपे काउटिन्होको पासमा फातीले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

३५औं मिनेटमा लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाएका थिए । भिल्लारियलका खेलाडीले फातीलाई डिबक्समा लगाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा टोरेसले आत्मघाति गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–० को अग्रता लियो ।

मेस्सी ला लिगाका फरक १७ सिजनमा गोल गर्ने छैटौं खेलाडी बने । शनिबार मात्र रियल मड्रिडका सर्जियो रामोसले सो सफलता हात पारेका थिए ।

पहिलो हाफमा कमजोर देखिएको भिल्लारियले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाई दबाब दिएको थियो । दोस्रो हाफमा गोल हुन सकेन ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *