राष्ट्रिय महिला भलिबल : एपिएफको लय कायमै, आर्मीको लागतार दोस्रो हार

Read Time:1 Minute

काठमाडौंमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपिएफले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। शनिबरबाट सुरु भएको प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपिएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हरायो।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको खेलमा एपिएफले आर्मीमाथि ३–० को सोझो सेटमा हरायो । एपीएफले आर्मीलाई २५–१७, २५–२१ र २५–१५ ले हराएको हो।

४ टिम सहभागी प्रतियोगितामा लागतार दोस्रो जितसँगै एपिएफले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो खेलमा एपिएफले विभागीय टिम नेपाल पुलिस क्लबलाई पनि ३–०कै सेटमा हराएको थियो। उ प्रतियोगिातको डिफेन्डिङ च्याम्पियन पनि हो।

यता, त्रिभुवन आर्मी क्लब भने दुई खेलमा एक सेट पनि जित्न असफल भएको छ। दुवै खेलमा पराजित भएपछि उसको फाइलनको सम्भावना पातलिएको छ। पहिलो खेलमा उ न्यु डायमन्ड एकेडेमीसँग ३–०को सोझो सेटमा पराजित भएको थियो।

आजै हुने अर्को खेलमा न्यु डायमन्ड र नेपाल पुलिस क्लब भिड्ने छन्।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भारतले भन्यो– पाकिस्तानमा एसिया कप हुन्छ भने हामी खेल्दैनौं
Next post अमिसाको ह्याट्रिकमा भुटानविरुद्ध नेपालको जित
Close