°
, June 4, 2023 in

ललितपुर मेयर्स कप महिला टि–२० : लगातार तेस्रो जितसँगै एपिएफ फाइनलमा

SHARE:

विभागीय टिम एपिएफ क्लब राजधानीमा जारी ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। ५ टिम सहभागी प्रतियोगितामा लागतार तेस्रो जि त निकाल्दै एपिएफले एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाएको हो।

डिफेन्डिङ च्याम्पियन एपिएफले तेस्रो जित निकाल्ने क्रममा कोशी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै कोशीले दिएको ८८ रनको मध्यम लक्ष्य एपिएफले १८.१ ओभर ३ विकेट गुमाएर भेट्टायो।

उसका लागि ममता चौधरीले नटआउट २१ रन बनाइन् भने कप्तान सीता रानामगरले १९ र इन्दु बर्माले १८ रनको योगदान दिइन्। कोशीका अलिशा खडिया, कप्तान रुबिना क्षेत्री, निशा साहले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिम ८७ रन मात्र बनाउन सक्यो । उसका काजल श्रेष्ठले सर्वाधिक २९ रन बनाउँदा रुविना २४ रन बनाइन् ।

यस्तै, अप्सरी बेगमले २२ रनको योगदान दिइन्। एपीएफका लागि कप्तान सीता रानामगरले ३ तथा इन्दु बर्माले १ विकेट लिए।

जितसँगै एपिएफ ३ खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा छ । २ खेलमा १ जित निकालेको कोशी तेस्रो स्थानमा छ। ३ खेलमा २ जित निकालेको सुदूरपश्चिम दोस्रो स्थानमा छ।

SHARE: