°
, June 2, 2023 in
0

शतप्रतिशत नतिजासहित एपिएफले जित्यो उपाधि

SHARE:

शतप्रतिशत नतिजासहित विभागीय टिम एपिएफले राष्ट्रिय महिला लिगको उपाधि जितेको छ। यो उसको लगातार दोस्रो उपाधि हो। एपिएफले २ खेल अगावे उपाधि भने आफ्नो कब्जामा पारिसकेको थियो । अघिल्लो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेपछि एपिएफले २ खेलअगावै उपाधि जितेको थियो।

लिगमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा एपिएफले अन्तिम खेलमा शुक्रबार त्रिभुवन आर्मी क्लबमाथि ३–०को जित निकाल्यो। एपिएफ र आर्मीबीचको लिगको अन्तिम खेल दशरथ रंगशालामा भएको थियो । आर्मीविरुद्ध एपिएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् भने अनिता केसीले एक गोल गरिन् ।

अनिता केसीको पासमा सरुले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै एपिएफलाई सुरुावती अग्रता दिलाइन् । ८६औं मिनेटमा अनिताले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् । इन्जुरी समयमा सुरुले गोल गरेपछि एपिएफले लिगको अन्तिम खेलमा पनि जित निकाल्यो ।

पहिलो पटक डबल राउण्ड रोविनका आधारमा आयोजना भएको महिला लिगका १२ खेलमा ७७ गोल गरेको एपिएफले १ गोल मात्र आएको छ । त्यसमा सावित्रा भण्डारीले मात्र ४३ गोल गरेकी छिन्। लिगमा एपीएफले चन्द्रपुरलाई ६–० र ८–० विराटनगर महानगरपालिकालाई ७–० र १–०, आर्मीलाई २–० र ३–०, पुलिसलाई ३–० र २–१, वालिङ नगरपालिकालाई ३–० र ६–०, चौदण्डीगढी नगरपालिकालाई २२–० र १४–०ले पराजित गरेको थियो।

उपाधिसँगै एफिएफले १५ लाख रुपैयाँ पाएको छ भने उपविजेता आर्मीले ८ लाख रुपैयाँ पायो । तेस्रो भएको पुलिसले ५ लाख र चौथो भएको वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ पाए ।

यसैगरी एपीएफकी सरु लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। उनले यमाहाको स्कुटर प्राप्त गरिन् । यस्तै, एपीएफकै सावित्रा भण्डारी उत्कृष्ट स्ट्राइकर, पुलिस क्लबकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मीकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर र एपीएफकी भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भइन् । उनीहरुले जनही ५० हजार प्राप्त गरेका छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *