सागका पदक विजेता एपिएफका खेलाडीको बढुवा

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने सशस्त्र प्रहरी बलका खेलाडीहरु पढुवा भएका छन् । एपीएफले सगमा पदक विजेता खेलाडीसहित प्रशिक्षक र रेफ्रीगरी २१ जनाको बढुवा गरेको हो ।

बढुवा हुनेमा सागमा एथ्लेटिक्समा नेपाललाई स्वर्ण दिलाउने गोपीचन्द्र पार्कीसहित १७ खेलाडी छन् भने दुई प्रशिक्षक र दुई रेफ्री छन् । उनीहरु बढुवाको नियमित प्रक्रियाअनुसार रोलक्रममा बढुवा भएको एपिएफले जनाएको छ ।

गोपीले सागमा एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण दिलाएका थिए । यस्तै सागमा फेन्सिङबाट कास्य विजेता ज्ञानेन्द्र तिमिल्सिना र सागमै प्रतिस्पर्धा गरेकी एथलेटिक्सकी फुलमती राना पनि बढुवा भएकी छिन् ।

बढुवा हुने प्रशिक्षकमा क्रिकेटका राजेश श्रेष्ठ र फुटबलका गंगा गुरुङ रहेकी छिन् । रेफ्रीमा फुटबलका फिफा रेफ्री सहदेव श्रेष्ठ र महिला फुटबल रेफ्री मेरिना धिमाल रहेकी छिन् । उनीहरुलाई शसस्त्र प्रहरी उपरिक्षक तुलसीराम दहालले बुधबार दर्जान्ही चिन्ह प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *