°
, May 30, 2023 in

अपराजित रहँदै एपिएफ फाइनलमा, ललितपुर जितबिहीन

SHARE:

विभागीय टिम एपिएफ क्लब अपराजित रहँदै काठमाडौंमा जारी ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार कीर्तिपुरस्थित टियू मैदानमाभएको खेलमा एपिएफले आयोजक ललितपुर–११ लाई ३७ रनले हरायो। यो हारसँगै आयोजक ललितपुरले प्रतियोगिकमा कुनै खेल जित्न सकेन।

पहिला ब्याटिङ थर्दै एपिएफले दिउको १११ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो। उसका लागि सोनी पाख्रिनले सर्वाधिक १५ रन बनाउँदा लक्ष्मी चौधरी र सिमाना केसीले समान १० रन बनाए ।

एपिएफका बिन्दु बुढा र राजमती ऐरीले समान २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा ६ विकेट दिएर ११० रन बनायो । उसका राजमती ऐरीले ५२ बलमा ४१ रन बनाइन् भने कप्तान सीता राना मगरले १९ र बिन्दु बुढाले १२ रन बनाइन् ।

ललितपुरका लागि सिमाना केसी र श्रृष्टि जैसीले समान २ विकेट लिए।

लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा चैत १६ गते फाइनल हुनेछ।

SHARE: