करिब एक महिनाअघि कतारमा सुरु भएको विश्वकप फुटबलको २२औं संस्करण अन्तिम चरणमा छ। अब विश्वकपमा फाइनल र तेस्रो स्थानको खेल मात्र बाँकी छ।
उपाधिका आइतबार फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। दुवै टिम तेस्रो पटक च्याम्पियन बन्ने दाउमा छन्।
कतारमा सुपरस्टार मेसी खुबै छाएका छन्। उनकै निर्णायक प्रदर्शनमा अर्जेन्टिना फाइनलसम्म पुगेको छ।
३५ वर्षीय मेसी करिअरको उत्तराद्र्धमा छन्, र उनका लागि यो विश्वकप उपाधि जित्ने अन्तिम मौका हो । त्यसैले, अर्जेन्टिनी टिम उपाधि मेसीको सुखद् बिदाई गर्ने पक्षमा छ।
यस्तो भएमा ७ पटकका बालोन डे’ओभर विजेता मेसीले करिअरमा सबै उपाधि जित्ने छन्, उनको करिअरले थप उचाइ पाउने छन्।
यसअघि पनि मेसीले आफ्नै नेतृत्वमा अर्जेन्टिनालाई फाइनलसम्म पु¥याएका थिए, तर त्यसपछि उनी र उनको टिम सफल भएन। सन् २०१४ विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–०ले पराजित भयो।
अहिले अर्जेन्टिनी टिम मेसीको सुखद् बिदाई गर्न एकताबद्ध छ । युवा र अनुवभी खेलाडीको समीश्रण रहेको अर्जेन्टिना बलियो छ।
मेसी आफैं पनि टिमको प्रदर्शनबाट खुसी छन्। मिडफिल्डमा रोड्रिगो डे पाउल, इन्जो फर्नान्डेस, डिफेन्डसमा निकोलस ओटामेन्टी, लिसान्द्रो मार्टिनेज र स्ट्राइकिङमा जुलियन अल्भासले मेसीलाई खुसी उत्तिकै मेहनत गरिरहेका छन्।
यो टिम पहिलाको टिमभन्दा परिष्कृत छ । टिमलाई एकीकृत बनाउन प्रशिक्षक स्कालोनीले नै मुख्य भूमिका खेलेका छन् । स्कोलानी तिनै प्रशिक्षक जो सन् २००६ मा मेसीसँगै विश्वकप खेलेका थिए।
यो टिमले अब एक खेल मात्रै खेल्न बाँकी छ । मेसीको राम्रो विदाईका लागि टिमले निकै मिहिनेत गरिरहेको छ । उनले पछिल्ला केही वर्षमा समय र परिस्थिति अनुकुल नहुँदा सफल नतिजा निकाल्न सकेका थिएनन् ।
अब भने टिम नै उनलाई विश्वकपको उपाधिसहित एक सम्झनायोग्य पल दिने तर्फ अगाडि बडिरहेको छ ।