सन् २०३०को विश्वकपका लागि अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीको संयुक्त प्रस्ताव गर्ने तयारी

Read Time:1 Minute

सन् २०३०को विश्वकप आयोजनाका लागि चार दक्षिण अमेरिकी राष्ट्रले संयुक्त प्रस्ताव पेश गरेका छन्। सन् २०३०को विश्वकप आयोजनाका लागि दक्षिण अमेरिकी राष्ट्रहरु अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीले संयुक्त प्रस्ताव गरेका हुन्।

यही विषयमा यी चार देशमा फुटबल एसोसिएसनका प्रतिनिधिहरुले संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त प्रस्ताव गरेका हुन् ।

उनीहरुले फिफा अध्यक्ष जियोभानी इन्फान्टिनोसँग अर्जेन्टिनामा छलफल गर्ने तयारी गरेका छन्।

दक्षिण अमेरिकी फुबटल फेडेरेसन (कोन्मेबोल)का अध्यक्ष डोमिन्गुएज पनि यसको पक्षमा छन् ।

विश्वकप आयोजनाको सय वर्ष पुगेको अवसरमा दक्षिण अमेरिकाले सन् २०३०का विश्वकप आयोजनाको प्रस्ताव गरेको हो। सय वर्षअघि सन् १९३० मा दक्षिण अमेरिकाबाटै विश्वकप सुरु भएको थियो।

सन् २०३०को विश्वकप आयोजकको टुंगो सन् २०२४ मा हुने फिफाको ७४औं कंग्रेसले लगाउने छ।

सन् २०३०को विश्वकप आयोजनाका लागि युरोपिय मुलुकहरु स्पेन र पोर्चुगलले संयुक्त प्रस्ताव पेश गरिसकेका छन्। यही विश्वकप आयोजनाका लागि अफ्रिकी मुलुक इजिप्ट र एसियन मुलुक साउदी अरेबियाले पनि संयुक्त प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। तर, औपचारिक घोषणा भने भइसकेको छैन।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्राजिलियन क्लब फ्लेमेङ्गोलाई हराउँदै साउदी क्लब अल हिलाल क्लब विश्वकपको फाइनलमा
Next post ३७ वर्षीय टेडेस्को बने बेल्जियमको मुख्य प्रशिक्षक
Close