कोपा अमेरिकाको ‘ड्रिम फाइनल’: मेसीले जित्लान् या नेमारले ?

विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करण आइतबार बिहान ब्राजिल र अर्जेन्टिना भीडेसँगै सकिने छ। धेरैले यो फाइनललाई ‘ड्रिम फाइनल’ भनेका छन्।

ब्राजिल र अर्जेन्टिना विश्व फुटबलका महाराथी हुन् । त्यसैले यी दुईबीचको भीडन्तलाई ‘ड्रिम फाइनल’का रुपमा हेरिएको छ। कतिपयले यसलाई लियोनल मेसी र नेमारबीचको भीडन्तको रुपमा पनि हेरेका छन्।

ब्राजिल कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन्स हो भने अर्जेन्टिना करिब तीन दशकदेखि उपाधिको खोजीमा छ। ब्राजिल र अर्जेन्टिना दुवै कलात्मक फुटबल खेल्न माहिर छन्। त्यसैले यी दुई महारथीबीचको यो भीडन्त रोमाञ्चक पक्कै हुने छ, त्यसमा पनि मेसी र नेमारको उपलब्धताले फाइनलमा थप रोमाञ्चकता थप्ने छ।

टिटेको प्रशिक्षणमा रहेको ब्राजिलले लामो सयमदेखि राम्रो फुटबल खेलिरहेको छ। र, उसँग नेमार, कासिमिसो, थिएगो सिल्भाजस्ता अनुभवी खेलाडी छन् भने लुकास पक्वेडा, रिचार्लिसन, ग्याब्रियल बारबोसाजस्ता उत्कृष्ट खेलाडी पनि छन्।

अर्जेन्टिनासँग उत्कृष्ट खेलाडीको भीड नै छ । सुपरस्टार मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई लाउटारो मार्टिनेज, सर्जियो अगुएरो, रोड्रिगो डे पाउल, लिएन्द्रो पेरेडेसलगायतको साथ छ । तर पनि तीन दशकपछि उपाधि जित्न उसले उत्कृष्ट टिमविरुद्ध अझ उत्कृष्ट खेल्नु पर्ने छ। अर्थात् मैदानका सबै क्षेत्रमा आफूलाई अब्बल सावित गर्नुपर्ने छ।

हेड टु हेड

फुटलबका यी दुई महशाक्ति राष्ट्र अहिलेसम्म १ सय भन्दा बढी पटक आपसमा भीडेका छन् । यी दुई टिमले अहिलेसम्म ११४ पटक आपसमा प्रतिस्पर्धा गरेका छन्। तीमध्ये ४१ खेलमा ब्राजिल विजयी हुँदा ३८ खेल अर्जेन्टिनाले जितेको छ। यी दुईबीचका २६ खेल बराबरीमा सकिएको छ। यी दुई बीचको भिडन्तमा ब्राजिलले १६३ गोल गोल अर्जेन्टिनाले १६० गोल गरेको छ।

अन्तिम पटक यी दुई टिम सन् २०१९ को नेभेम्बर ५ मा भिडेका थिए । सो खेलमा अर्जेन्टिना १–० ले विजयी भएको थियो। सो खेलमा मेसीले निर्णायक गोल गरेका थिए । ब्राजिल र अर्जेन्टिना पहिलोपटक सन् १९१४ मा भिडेका थिए । यी दुई बीचको फराकिलो नतिजा ६–१ को हो । सन् १९४० मा ब्यूनस आयसमा भएको खेलमा अर्जेन्टिनाले जितेको थियो।

यस्तै, कोपा अमेरिकामा भने अर्जेन्टिना बलियो छ। यी दुई बीच भएका ३१ भीडन्तमा अर्जेन्टिनाले १४ खेल जित्दा ब्राजिलले ९ खेल जितेको छ। ८ खेल भने बराबरीमा सकिएको छ। अर्जेन्टिनाले १४ कोपा उपाधि जित्दा ब्राजिलले ९ उपाधि जितेको छ।

ब्राजिल र अर्जेन्टिनाको फाइनल यात्रा

ब्राजिल समूह बीको विजेता हो । उसले समूह चरणमा ३ जित र १ बराबरी खेलेको थियो । उसले भेनेजुएलालाई ३–०ले हराउँदा पेरुलाई ४–०ले हराएको थियो। उसले तेस्रो खेलमा कोलम्बियालाई २–१ले हराएको ब्राजिल अन्तिम खेलमा इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको थियो।
ब्राजिलले क्वार्टरफाइलनमा चिलीको चुनौति १–०ले पन्छाएको थियो भने सेमिफानलमा उसले पेरुलाई १–०ले पराजित गरेको थियो।

यसैगरी समूह एमा रहेको अर्जेन्टिना समूह विजेताका रुपमा नकआउट चरण पुग्यो । जसमा उसले ४ खेलमा ३ जित र १ बराबरी खेल्यो । पहिलो चिलीसँग १–१ गोलको बराबरी खेल्यो । त्यसपछि दुई खेलमा उसले समान १–०को जित निकाल्यो । विपक्षी थिए, उरुग्वे र पाराग्वे । अन्तिम खेलमा कमजोर बोलिभियाविरुद्ध उसले ४–१को जित निकाल्यो ।

क्वार्टफाइनलमा उसले समूह बीको चौथो स्थनमा रहेको इक्वेडरको सामाना ग¥यो । त्यो खेल उसले ३–०ले जित्यो । सेमिफ्mाइनलमा अर्जेन्टिनाले कोलम्बियाको चुनौति पेनाल्टी सुटआउटमा ३–२ले पन्छायो । निर्धारित समयको खेल भने १–१को बराबरीमा सकिएको थियो।

मेसीका लागि किन महत्वपूर्ण छ कोपा ?

३४ वर्षीय अर्जेन्टिनी स्टार लियोनल मेसीका लागि यो सम्भवतः अन्तिम प्रतियोगिता हो। क्लब फुटबलमा सबै उपाधि जितिसकेका मेसी अन्तर्राष्ट्रिय उपाधिबाट भने वञ्चित । त्यसैले मेसीका लागि अन्तर्राष्ट्रिय उपाधि जित्ने यो भन्दा राम्रो अवसर अरु हुन सक्दैन।

चार फाइनल खेल्दा पनि उपाधि जित्न नसकेका मेसीका लागि उपाधि जित्ने अन्तिम अवसर पनि हुन सक्छ । मेसीले यसअघि सन् २००७, २०१५ र २०१६मा कोपा अमेरिका फाइनल खेलेका थिए भने सन् २००१४मा विश्वकप फाइनल खेलेका थिए । यी चारै पटक उनको टिम अर्जेन्टिना पराजित रह्यो।