सन् २०२२ को फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ। शुक्रबार बिहानका भएको खेलमा सुरुआती अग्रता जेगाउन नसक्दा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
२४ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। चिलीका डिफेन्डरले लाउटारो मार्टिनेजलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका थिए ।
३६ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । सान्चेजले इगेनियो मिनाको पासमा गोल गरेका थिए। त्यसपछि कुनै गोल नहुँदा खेल १–१ गोलको बराबरीमा सकियो।
खेलमा अर्जेन्टिनाले ५५ प्रतिशत बल पोजेसन बनाउँदै चिलीको पोस्टमा १६ सट प्रहार गरेको थियो, जसमध्ये ७ सट फ्रेममा थियो। यता, चिनीले ७ सट प्रहार गरेको १ सटमात्र फ्रेममा थियो।
बराबरीसँगै विश्वकपको दक्षिण अमेरिकी छनोटमा ५ खेलमा ११ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ । चिली ५ अंकका साथ चिनी छैठौं स्थानमा छ। ४ खेलमा १२ अंक जोडेका ब्राजिल शीर्ष स्थान