फाइनल पुग्ने पहिलो टिम को बन्ला अर्जेन्टिना या क्रोएसिया ?

Read Time:4 Minute

कतार विश्वकपमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदै छन्। पहिलो सेमिफाइलनमा आज लियोनल मेसीको टिम अर्जेन्टिना र लुका मोड्रिचको टिम क्रोएसिया भिड्दै छन् ।

फाइनल पुग्ने पहिलो टिम बन्नका लागि हुने यो भीडन्त राति १२ः४५ बजे लुसेल स्टेडियममा हुने छ। सेमिफाइनल यात्राका क्रममा दुवै टिमले पेनाल्टी सुटआउटको साहार लिएका थिए, दुवै टिमका गोलाकिपर नायक बन्दा क्रोएसियाले ब्राजिल र अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पाखा लगाएको थियो।

लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि जित्ने लक्ष्यमा रहेको क्रोएसिया मेसी र अर्जेन्टिनालाई रोक्न चाहन्छ। त्यता, करिअरको अन्तिम विश्वकप खेलिरहेका मेसी अन्तिम पटक उपाधि उचाल्ने प्रयासमा छन्, र त्यसका लागि क्रोएसियालाई हराउन चाहन्छन्।

मेसीको टिमले विश्वकप उपाधि नजितेको पनि ३६ वर्ष भइसकेको छ । मेसीलाई विश्वकप ट्रफीले सन् १९८६ को च्याम्पियन डिएगो म्याराडोनाको स्तरमा उभ्याउन सक्छ । त्यसैले मेसी अन्तिम पटक त्यो प्रयास गरिरहेका छन्।

पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अनपेक्षित हार बेहोरेपछि ३५ वर्षीय मेसीकै उत्कृष्ट प्रदर्शनमा मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाउँदै अर्जेन्टिना सेमिफाइनमा उभिएको हो । अर्जेन्टिनाको प्रदर्शन धेरै हदसम्म मेसीमै टिकेको छ।

यता, रुस विश्वकपक गोल्डेन बल अवार्ड विजेता लुका मोड्रिचले ३७ वर्षको उमेरमा पनि उत्कृष्ट लय छन्, र उनको नेतृत्वको क्रोएसियन मिडफिल्ड उत्तिकै लयमा छ। क्रोएसियन मिडफिल्ड जस्तोसुकै बलियो डिफेन्स भत्काउन माहिर छ।

कायमै राखेपछि क्रोएसिया समूह चरणमा मोरक्को र बेल्जियमविरुद्ध गोलरहित खेले पनि क्यानडालाई ४–१ ले हराएर अगाडि बढेको थियो । उसले अन्तिम १६ मा जापान र क्वाटरफाइनलमा ब्राजिललाई पछाडि परेको स्थितिमा गोल गरेर बराबरी गर्दै टाइब्रेकरमा जित हात पारेको थियो । अपत्यारिलो किसिमले मिडफिल्डमा छाउने गरेका मोड्रिच र कुनै पनि बेला खेलको नतिजा उल्टाउन सक्ने मेसीको प्रतिस्पर्धा पनि हुनेछ पहिलो सेमिफाइनल ।

दुईपल्टको च्याम्पियन अर्जेन्टिना र क्रोएसियाबीच विश्वकपमा विगत भेट पनि रोचक छ । दुवैले एक–एक खेल जितेका छन् । अर्जेन्टिनाले सन् १९९८ को विश्वकपको समूह चरणको भेटमा १–० को जित हात पारेको थियो भने क्रोएसियाले मेसीको टिमलाई रुस (सन् २०१८) मा ३–० ले हराएको थियो ।

यी दुईवीच भएका पाँच अन्तर्राष्ट्रिय खेलमा दुवैले दुई–दुई खेल जितेका छन् । एक खेल बराबरीमा टुंगिएको छ । यी तथ्यांकले पनि अर्जेन्टिना–क्रोएसियाको प्रतिस्पर्धा रोमान्चक हुने संकेत गर्छ ।

युरोपेली टिम क्रोएसिया तेस्रोपल्ट सेमिफाइनलमा पुगेको हो । टोलीले २४ वर्षअघि आयोजक फ्रान्सविरुद्ध २–१ को हार बेहोरेको थियो भने २०१८ को संस्करणमा इंग्ल्यान्डमाथि अतिरिक्त समयमा २–१ को जित हात पारेको थियो । तर, विश्वविजेता बन्ने क्रोएसियाको सपनालाई मस्कोमा फ्रान्सले फाइनल ४–२ ले जितेर तुहाइदिएको थियो ।

अर्जेन्टिनाले यसअघि खेलेका चारै सेमिफाइनल जितेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यसकारण विशेष छन् सेमिफानलिस्ट टिम
Next post विश्वकप नसकिँदै भत्काइँदै रंगशाला
Close