°
, June 7, 2023 in

मेसीलाई रोक्दै अर्जेन्टिनासँग बदला लिने नेदरल्यान्ड्सकाे योजना सफल होला ?

SHARE:

कतार विश्वकपको उपाधि यात्रामा आफूलाई थप एक कदम अगाडि बढाउन् आज अर्जेन्टिना र नेदरल्यान्स आपसमा भिड्दै छन्। अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको यो भीडन्त लुसेल रंगशालामा आज राति १२ः४५ बजे हुने छ।

क्वार्टरफाइलन यात्रा तय गर्ने क्रममा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले हराएको थियो । यता, अर्जेन्टिनाले भने अस्ट्रेलियाको चुनौती २–१ले पन्छाएको थियो।

क्वार्टरफाइनलसम्मको यात्रामा दुवै टिमले ठूलो प्रतिद्वन्द्वीको सामाना गरेका छैनन्। त्यसैले आजको यो खेल दुवै टिमको असली परीक्षा पनि हुने छन्। यो परीक्षणमा को खरो उत्रने छन्, त्यो जान्न आज रातिसम्म कुर्नुपर्ने हुन्छ ।

नेदरल्यान्ड्सले विश्वकप २०२२ मा अन्तिम आठको यात्रा तय गर्नेक्रममै अफ्रिकी च्याम्पियन सेनेगल, एसियन कप विजेता कतार र कन्काकाफ च्याम्पियन अमेरिकालाई पराजित गरिसकेको छ । यसक्रममा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनालाई पनि सिकार बनाउँदै डच टिम अन्तिम चारमा स्थान सुरक्षित गर्न चाहन्छ । कतारमा पहिलो खेलमै साउदी अरेबियाविरुद्ध नासेचिएको हार बेहोरेको अर्जेन्टिना त्यसपछि मेक्सिको, पोल्यान्ड र अस्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा आइपुगेको हो ।

युवा अट्याकर कोडी गाक्पोले अग्रपंक्तिमा उत्कृष्ट प्रदर्शन गर्दा नेदरल्यान्ड्सले आफ्नो अपराजित यात्रालाई अगाडि बढाउने योजना बनाएको छ। यो खेल उसका लागि सन् २०१४को विश्वकपमा सेमिफाइलनमा प्राप्त हारको बदला लिने अवसर पनि हुनेछ। त्यसका लागि उसले सुपरस्टार लियोनल मेसीलाई रोक्नु पर्ने हुन्छ।

त्यो बेला नेदरल्यान्डस अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। यही हारको बदला लिन उसको योजना छ।

सन् २००६ मा भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । हालसम्म नौ खेल हुँदा अर्जेन्टिना तीन र नेदरल्यान्ड्स चार खेलमा विजयी भएका छन् । दुई खेल नतिजाविहीन छ । मेम्पिस डिपाए र डेले ब्लाइन्डले डच टोलीका लागि राम्रो गरिरहेका छन् । रक्षापंक्तिमा कप्तान भर्जिल भान डाइकसँगै नाथन एकेइ छन् ।

नेदरल्यान्ड्सले पछिल्लो पाँचमध्ये चार संस्करणमा अन्तिम आठ खेलेको थियो । सन् २००६ मा अन्तिम १६ र सन् २०१० मा सेमिफाइनल पुगेको नेदरल्यान्ड्स सन् २०१८ को विश्वकपमा छनोट नै भएन । सन् २०१० मा उपविजेता बनेको नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ । अट्याकिङ खेलसँगै नेदरल्यान्ड्सले युरोपमा तहल्का पिटिरहेको छ ।

प्रतियोगितामा एक पेनाल्टीमा चुके पनि तीन गोल गरेका ३५ वर्षीय मेसी र ७१ वर्षीय प्रशिक्षक भान गालबीच विश्वकपमा को सफल हुने भन्ने प्रतिस्पर्धा पनि हो । मेसीले विश्वकपबाहेक सबै प्रतियोगिताको उपाधि जितेका छन् । गत वर्ष क्यान्सर उपचार गराएका भान गालका लागि पनि प्रशिक्षकको रूपमा विश्वकप जित्ने यो अन्तिम अवसर हुनसक्छ । उनी तीनपल्ट उपविजेतामा रोकिएको डच टिमलाई कतारमा उपाधि दिलाउन चाहन्छन् ।

मेसीलाई म्यानचेस्टर सिटीका जुलियन अल्भारेजले अग्रपंक्तिमा साथ दिनेछन् । यसैगरी, एन्जेलो डी मारिया, रोड्रिगो डी पाउल, एलेक्सिस क्याक एलिस्टर र एन्जो फर्नान्डेजले मध्यभागमा सहयोग गर्नेछन् । रक्षापंक्तिमा मार्कोस अकुना, निकोलास ओटामेन्डीसँगै लिसान्द्रो मार्टिनेज र क्रिस्टिअन रोमेरो हुनेछन् ।

SHARE: